बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख ५० लाख धरौटीमा रिहा

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

उनीमाथि अवैध रूपमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गरी वन ऐनको उल्लङ्घन गरेको आरोप लागेको छ ।  उनीमाथि ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पुर्‍याएको आरोपसहित १ अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी गरिएको थियो । उक्त प्रकरणमा नगरप्रमुख थापासहित उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दा दायर गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *