राजेन्द्र शाक्यको रोयल टुलिप होटल सञ्चालनमा

काठमाडौं । व्यवसायी राजेन्द्र शाक्यले भित्र्याएको रोयल टुलिप ब्राण्डको होटल सञ्चालनमा आएको छ । यसले हालसम्म संचालनमा रहेकामध्ये सबैभन्दा ठूलो पाँचतारे होटलको रुपमा सेवा सुरु गरेको छ । ललितपुरको ग्वार्कोमा रहेको यो होटलमा ३०८ वटा कोठा रहेको छ । हालसम्म सञ्चालनमा रहेका नेपालका अरु पाँचतारे होटल सबैको कोठा संख्या ३ सय भन्दा कम भएकोले यो नै सबैभन्दा ठूलो क्षमताको पाँचतारे होटलका रुपमा सञ्चारलन सुरु भएको छ । लुभ्र होटल्स ग्रुप अन्तर्गतको सरोवर होटल्सले नेपालको पहिलो ‘रोयल टुलिप’ होटल काठमाडौंको ग्वार्कोमा सञ्चालनमा ल्याएको छ। लुभ्र होटल्स ग्रुपले विश्वभर ७० देशमा १ हजार ७५० भन्दा बढी होटल सञ्चालनमा ल्याइसकेको छ। यस समूहका ब्रान्डहरूमा प्रिमिएर क्लास, गोल्डेन ट्युलिप, क्याम्पानाइल, काइरियाड, सारोवर नेटवर्क लगायत समावेश छन्। द मासिफ होटलले निर्माण गरेको यो होटल हालसम्मकै सबैभन्दा ठूलो होटलको रूपमा स्थापित भएको होटल हो। नेपालमा सुरु भएको यो होटलमा ३०८ कोठा र सुइटहरू छन्, जसले गर्दा कोठा संख्याको हिसाबले यो नेपालकै सबैभन्दा ठूलो होटल बनेको उल्लेख छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३.५ किलोमिटर दूरीमा रहेको यो होटल राजधानीकै सबैभन्दा ठूलो सम्मेलन केन्द्रका रूपमा समेत विकास गरिएको छ। ३० हजार वर्गफुट क्षेत्रफलमा फैलिएको सम्मेलन स्थलमा दुईवटा करिब ११ हजार वर्गफुटका बैंक्वेट हल, ६ वटा बैठक कक्ष, ब्रेकआउट स्पेस, एक बोर्डरुम, बलरुम तथा ६ सय सवारीसाधन अट्ने पार्किङ सुविधा छन्। होटलले प्रारम्भिक चरणमा १०४ कोठाबाट सेवा सुरु गरेको छ। यसले ‘ललितपुर क्याफे’ नामक पूरै दिन सञ्चालन हुने रेस्टुरेन्ट र ‘अल्पाइन लाउन्ज एण्ड बार’ समेत सञ्चालनमा ल्याएको छ। यी स्थलहरूमा पाहुनाहरूले स्वादिलो भोजन, पेयपदार्थ र सांगीतिक मनोरञ्जनको अनुभव लिन सक्नेछन् । द मासिफ होटलका अध्यक्ष राजेन्द्र शाक्यले यो परियोजनाले नेपालको आतिथ्य क्षेत्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे। सरोवर होटल्सका अध्यक्ष अजय के। बकायाले यो परियोजना नेपालमा लुभ्र होटल्सको सबैभन्दा ठूलो लगानी रहेको बताए । उनले यो होटलमार्फत गुणस्तरीय सेवा र सुविधा विस्तारमा ठूलो फड्को मारेको पनि उल्लेख गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *