सांसद शक्ति बस्नेत बजेटमाथि बोल्दै गर्दा सांसद थापाको नियमापत्ति

काठमाडौं । प्रनिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको नाराबाजीका बीच बजेटमाथिको छलफल जारी रहेका बेला नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नियमापत्ति गरेका छन् ।

संसद बैठक मर्यादित हुनुपर्ने भन्दै उनले अहिले आफूहरु आफू कुन ठाउँमा छौं भन्ने थाहा नपाएको बताए । ‘हामी रत्नपार्कमा छौ कि शहिदगेटमा छौ कि, कलंकी वा पोखराको चिप्लेढुंगामा छौँ ? मैले बुझ्न सकिन, माननीयहरुका कुर्सी रोइरहेका छन्’ उनले भने । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले धारणा राखिरहेका बेला थापाले उठेर प्रतिनिधि सभा नियमावली २० को व्यवस्थाबारे ध्यानाकर्षण गराएका थिए ।

सभामुख घिमिरेले सोमबारको बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । तर बैठक नरोकिएपछि रास्वपा सांसदहरु नाराबाजी गर्दै वेल अगाडि गए भने राप्रपा सांसदहरु बैठक कक्षबाट बाहिरिएर बैठक बहिष्कार गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *