सुनको मुल्य नेपाली बजारमा घट्यो
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य घटेको छ ।
आज मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलाको २५ सयले घटेर तोलामा एक लाख ९५ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९७ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको २१६० रुपैयाँमा कारोबार भइरहेको छ ।