नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे कार्यालयमा हाजिर
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे आज कार्यालयमा हाजिर भएका छन्।
उच्च अदालत पाटनले उनको निलम्बन कार्यान्वयन नगर्न आदेश दिएसँगै पाण्डे आजदेखि पुनः कार्यस्थलमा फर्किएका हुन्।हिजो उच्च अदालत पाटनको न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंद्वारा जारी गरिएको निलम्बन आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।
गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोध्दै ६ महिनाका लागि निलम्बन गरेका थिए। उक्त निर्णयपछि पाण्डे अदालत गएका थिए।