आमा । भाग १
१
घरधन्दा सुशारेमा
भर परीनौ
छोरा छोरी मायाँमा
भेद गरीनौ ।
२
धर्म नष्ट हुन्छ
पाप लुकाए
दस धारा दुधको
मूल्य चुकाए ।।
३
धाराभन्दा मिठो
पानी कुवाको
पक्कै भलो हुदैन
आमा रुवाको ।।
४
शिक्षा दीक्षा नभएनि
विध्याकि खानि
लेख्न पढन जान्दिनौ
आमा नै ज्ञानी ।
५
हाम्रो लागि स्याहार सुशार
हित लिएर
आफु झुत्रो भएनि
विध्या दिएर ।
६
सतकर्मका भावले
बैँस पाखुरि
छोरा छोरि हितमा
आमा मञ्जुरी ।
७।।
सधैं खुसि मायाँ पाउँने
हाम्रो जीवन
आमाको माया हुदाँ
खुसि यो मन ।

८।
दुई दिने नाता हैन
बुझ्नु सबैले
आमा जस्तो मायाँ
दिन्न कसैले ।।
९
बिना तेल सधैं हुन्छ
बत्ति मधुरो ।
आमा बिना जीवन
सधै अधुरो ।
१०
तिमिलाई सम्झि आज
मन रुनेछ
तिम्रो तस्विर हेरि
चित्त वुझ्नेछ ।
हृदयको भावनाले
बाचा गर है
काशि जानू पर्दैन
सेवा गर है।११
आमा प्यारी दुख सुख
रोग सर्दैन
मृतु पछि गुनासो
गर्नु पर्दैन ।१२
असल छाप छोड्ने आमा
यो मन रुन्छ
आमा जस्तो महान
अरु को हुन्छ ।।१३
बुढेसकालमा बचनका
ईच्छा चाहाना
भक्ति भाव मिलोस्
शुभकामना ।।१४
अब हामी पाउँदैनौ
आमाकै आश
जहाछ्यौ आमा तिमी
बैकुण्ठ होस् बास ।१५