आमा भाग दुई ।

तिम्राे शरीर थरथरी
कापिं रहेकाे हाेला
काेहाेला तिम्राे साथमा
कसलेपाे माया देला ।१

बिरानाे छ मेराे मन
आमा छईन मलाई भर
हंसि मुहार लिई आमा
आउन फर्कि घर ।२

हातगाेडा फुट्थे आमा
कस्ताे भाकाे पाे हाेला
काेछनि साथमा आमा
दबाई कसले देला ।३

पिरताप भयाेनि आमा
कांपेकाेछु थरथर
माया दिलाउन आमा
आउन फर्किघर ।४

दुखका दिन सम्झि
रुन्छनि मेराे मन
थाहै थिएन आमा
घाँस दाउरा पराल बन ।५

निष्ठुरी नवन आमा
तिम्रै काखकाे वर
तिम्रै आशमा छु आमा
आउन फर्कि घर ।६

कस्ताे भाे हेाला आमा
तिम्रा मुहारका जाेती
सजि सजाउछन आमा
मायाकाे चिनाे धाेती ।७

सपना हाेकि आमा
बिपना मलाई डर
झस्काई देउन आमा
आउ याे आफ्नै घर ।८

पत्थ्थर झै नपार आमा
तिम्राे काेमल मन
सुखछ्याैकि दुखमा
जहाछ्याै तिमी भन ।९

पत्थर नबन आमा
तिम्रै भएंम भर
हरपल राेई रहेछु आमा
आउन फर्कि घर ।१०

वालापनका यादले
राेई दिएकाे झन
शिथिलता हुदैछु आमा
मेराे पनि याे मन ।११

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *