एनआईसी एशिया बैंकका डेपुटी सीईओसहित ६८ जना कर्मचारी सम्मानित
काठमाडौँ । एनआईसी एशिया बैंकले लामो समयदेखि निरन्तर सेवा प्रदान गरेका कर्मचारीलाई सम्मान गरेको छ । राजधानीको रवीभवनस्थित होटल क्राउन इम्पेरियलमा आयोजित विशेष समारोहकाबीच बैंकले डेपुटी सीईओ सन्तोष राठीसहित ६८ जना कर्मचारीलाई सम्मानित गरेको हो। बैंकले १० वर्षभन्दा बढी उत्कृष्ट सेवा प्रदान गरेका कर्मचारीको दीर्घकालीन योगदान र समर्पणलाई उच्च कदर गर्दै सम्मान गरेको हो। दीर्घकालीन सेवा, असाधारण नेतृत्व, रणनीतिक सोच, निरन्तर योगदान तथा बैंकको निरन्तर रूपान्तरणमा उनीहरूले खेलेको भूमिकालाई स्मरण गर्दै बैंकले उनीहरूलाई औपचारिक रूपमा कृतज्ञता व्यक्त गर्दै सम्मान गरेको हो। सम्मानित हुनेमा पुरुषोत्तम दाहाल, कुमार तामाङ, प्रकाश कुमाल, श्याम प्रसाद पुडासैनी, हिरा बी। भुजेल, कमल श्रेष्ठ, उपेन्द्र प्रसाद कोइराला, श्याम राउत कुर्मी, सन्त कुमार तामाङ, श्रिष्टि श्रेष्ठ, मनोज महर्जन, शिक्षा श्रेष्ठ, सुजन महर्जन, सन्तोष नागा, समिन निरौला, अनु कपाली, निर्जला मल्ल, मौसम खड्गी, सुस्मिना बज्राचार्य, अभिषेक रत्न शाक्य, सम्झना शर्मा, रक्षा शर्मा, शोभिता सिंह, प्रतिक्षा शर्मा र नानी माया खत्री छन् । साथै, विवेक श्रेष्ठ, विमल लुइँटेल, विवेक पाण्डे, प्रज्ञा श्रेष्ठ, सनीता श्रेष्ठ, प्रजिता भट्टराई, नारायणी श्रेष्ठ, पुष्कर पौडेल, विजय श्री शाक्य, सेलीना अमात्य, विजय श्रेष्ठ, सितु जोशी, एरिका श्रेष्ठ, अदिति श्रेष्ठ, नारायणी भट्टराई, लक्ष्मी सापकोटा, सुधा दाहाल, ज्ञानेन्द्र पौडेल, शम्भु के।सी।, गोविन्द खनाल, प्रितम चिपालु, सुशील रावल, सतीश राजा श्रेष्ठ, श्रीमिता कंसाकार, विरेन्द्र कुमार ठाकुरलाई समेत बैंकले सम्मान गरेको हो । यता, विकास प्रजापति, सुनिल मानन्धर, ममता शर्मा, अर्जुन श्रेष्ठ, नारायण प्रसाद नेपाल, बिनीत राज पाण्डे, दीपक कुमार शर्मा, सरोज भट्टराई, प्रकाश श्रेष्ठ, ईश्वरी पी. श्रेष्ठ, सुमन थापालिया, दिपेन कार्की, दिनेश भारी, लक्ष्मण चालिसे, अर्जुन राज खनिया, राजेश रावल, जयेन्द्र रावल समेत बैंकबाट सम्माति भएका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले सम्मानित कर्मचारीहरूको दृढ समर्पण, नेतृत्व क्षमता र सञ्चालन दक्षताले बैंकको निरन्तर वृद्धि र रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गरे। उनले कर्मचारीहरूको निरन्तर मेहनेतले नै बैंकलाई आजको अग्रणी स्थानसम्म ल्याउन सहयोग गरेको उल्लेख गरे। कार्यक्रममा बैंकका उच्च व्यवस्थापन तहका पदाधिकारीहरू, कर्मचारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।