अनमोल केसी र फिल्म ‘फर्की फर्की’को टिमविरुद्ध मुद्दा दायर

काठमाडौं । साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो फोन नम्बर दुरुपयोग भएको भन्दै अभिनेता अनमोल केसी र उनको फिल्म ‘फर्की फर्की’को टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

श्रेष्ठले दायर गरेको रिटमा फिल्ममा आफ्नो मोबाइल नम्बर अनधिकृत रूपमा प्रयोग गरिएको र यसले आफूलाई मानसिक तथा शारीरिक क्षति पुगेको उल्लेख छ । उनले सोमबार वारेसमार्फत मुद्दा दायर गरेका हुन् । रिटमा श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग भएको र एमएसएम ओटीटी प्लाटफर्मलाई नम्बर हटाउन आग्रह गर्दा पनि कुनै कारबाही नभएको जनाएका छन् । उनले मानसिक र शारीरिक हानिका लागि उचित क्षतिपूर्ति र कानुनी कारबाहीको माग गरेका छन् ।

मुद्दामा अभिनेता अनमोल केसी, निर्देशक सुयोग गुरुङ, चलचित्र जाँच समिति र निर्माता रोहित अधिकारीलाई विपक्षी बनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *