अमला रोकालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला रोकालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।

थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार रोकालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । आइतबारदेखि रोकाविरुद्ध थुनछेक बहस सुरु भएकोमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज बहस सकिएसँगै धरौटीमा मुद्दा पुर्पक्ष गर्ने आदेश अदालतले गरेको हो ।

उनलाई प्रहरीले शुक्रबार टोखाबाट पक्राउ गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *