नेपाल बैंक र स्लाभिका आईभीएफ सेन्टरबीच सम्झौता
काठमाण्डौं । नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी र ग्राहकहरूलाई लक्षित गरी स्लाभिका आई।भी।एफ एण्ड रिसर्च सेन्टर प्रा।लि।सँग स्वास्थ्य सेवा शुल्कमा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । काठमाडौं, सिनामंगलमा रहेको सो केन्द्रसँग गरिएको सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र खाता रहेका ग्राहकहरूले विभिन्न स्वास्थ्य सेवा उपयोग गर्दा १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । विशेषगरी Gynecology consultation तथा IVF Specialist consultation सेवामा १०० प्रतिशतसम्म छुट प्रदान गरिने भएको छ । सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र स्लाभिका आई.भी.एफ सेन्टरको तर्फबाट अध्यक्ष अजय जंग कुँवरले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताबाट नेपाल बैंकका सेवाग्राही तथा कर्मचारीहरूले स्त्री रोग सम्बन्धी जटिल उपचार सेवामा पहुँच बढाउने, स्वास्थ्यसम्बन्धी खर्चमा राहत पाउने र गुणस्तरीय सेवा सुलभ दरमा लिन सक्ने अपेक्षा गरिएको छ । साथै, बैंकले आफ्ना मानव स्रोत तथा ग्राहक सेवामा कल्याणमुखी योजना विस्तार गर्दै आएको देखिएको छ । नेपाल बैंकले पछिल्ला वर्षहरूमा विभिन्न अस्पताल, प्रयोगशाला तथा स्वास्थ्य केन्द्रहरूसँग यस्तो प्रकारको सहकार्य विस्तार गर्दै आएको छ, जसले बैंकको सामाजिक उत्तरदायित्व र कर्मचारी कल्याणमा विशेष योगदान पुर्याउँदै आएको छ ।