प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूबीच सिंहदरबारमा आज भेटवार्ता भएको छ।
छलफलमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल तथा वरिष्ठ नेता वेदुराम भुसाल सहभागी थिए । नेकपा एसका नेता घनश्याम भुसालका अनुसार, भेटमा संसदमा जारी गतिविधि, विचाराधीन विधेयक र बजेटबारे विस्तृत छलफल भएको हो। साथै, सरकारद्वारा गठित भिजिट भिसा प्रकरण छानबिन समितिबारे पनि विचारविमर्श गरिएको बताइएको छ।
नेकपा एसका वरिष्ठ उपाध्यक्ष पाण्डेले भने, “भिजिट भिसा प्रकरण संसदभित्र हाम्रो प्रमुख संघर्षको विषय हो। सरकारले अहिले समिति गठन गरेको छ, त्यसबारे पनि दुई दलबीच संसदभित्रको रणनीतिबारे छलफल भयो।”