रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि प्रयासरत छु- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र सो पार्टीका सभापति रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि आफू अहिले पनि प्रयासरत रहेको बताएका छन् ।

सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका नेताहरूसँगको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन् । ‘म अहिले पनि रास्वपालाई धेरै भन्न चाहन्नँ । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि मैले अन्तिम समयसम्म प्रयास गरेको, अझै गर्दैछु,’ प्रचण्डले भनेका छन् । साथै, रास्वपाका नेता कार्यकर्ताले पनि सो कुरा विस्तारै बुझ्दै जाने उनको भनाइ थियो ।

उनले आजको छलफलमा सदनमा पछिल्लो पटक देखिएको परिस्थितिबारे छलफल भएको जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *