नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे छलफल गर्न समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दा र समसामयिक राजनीतिक परिस्थिति छलफल गर्न सचिवालय बैठक बोलाएको छ।

बैठक शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार बैठकमा पतञ्जलि जग्गा प्रकरण, पार्टीको आगामी रणनीति, र केन्द्रीय कमिटीका निर्णय कार्यान्वयनबारे विस्तृत छलफल हुनेछ। अध्यक्ष नेपाल विशेष अदालतमा उपस्थित भएर बयान दिइसकेका छन् । उनीमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएपछि कार्यवाहक अध्यक्ष तोक्ने वा संसदीय दलको नेतृत्वबारे निर्णय गर्न दबाब बढिरहेको छ।

यो मुद्दा दर्ता भएपछि पार्टी सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *