धरानका प्रमुख राजनीतिक दलले प्रचण्डलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका प्रमुख राजनीतिक दलहरू, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जसपाका प्रतिनिधिहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र मार्फत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’ बाट अलग गरी पृथक चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न पहल गर्न  उनीहरूले माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रचण्डले भने- ‘मैले सरकारमा हुँदा धेरै विश्वविद्यालयहरू स्थापना गर्ने र अगाडि बढाउने काम गरेको छु । सुदुर पश्चिममा गेटालाई यस्तै यस्तै अरू पनि । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरानो र नेपालको पूर्वी क्षेत्रको एक अत्यन्त महत्वपूर्ण संस्था हो। तर, यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण विषय हो ।’ उनले अगाडी भने- ‘पदाधिकारी नियुक्तिमा देखिएको अन्योल र कार्यक्षमता अभाव दुःखद पक्ष हुन्। अब यस संस्थामा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्छ । तपाईंहरू समाधानको एक स्पष्ट विकल्प लिएर आउनु भएको छ, यो सकारात्मक कुरा हो। तपाईंहरूको यस मागमा म पूर्ण रूपमा साथ रहन्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *