निजी विद्यालय बन्द गरे विदेश जाने विद्यार्थी बढ्छन्- सांसद घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका सांसद श्यामप्रसाद घिमिरेले निजी विद्यालयलाई निषेध गरेर जान नहुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘निजी विद्यालय बन्द गर्दा विदेश जाने विद्यार्थी बढ्ने उनको तर्क छ । निजी बन्द गर्ने हो भने विदेश जाने विद्यार्थी बढ्छन् । व्यवस्थित गरौँ, नियमन गरौँ,’ उनले भने । निजीलाई निषेध गर्न सकिँदैन, १५ वर्षमा पनि सकिँदैन,’ घिमिरेले भने, ‘मुआब्जा दिन सक्दैनौँ । एक तिहाइ विद्यार्थीले निस्शुल्क भार थेगेको छ ।’ तर, निजी विद्यालयको नियमन भने प्रभावकारी रूपमा हुनुपर्ने बताएका छन् ।

‘निजीलाई निषेध गरेर जान सकिँदैन । नियमनको प्रभावकारी व्यवस्था गर्नुपर्छ । शिक्षक कर्मचारीको व्यवस्था गर्नुपर्छ,’ घिमिरेले भने, ‘नयाँ निजी खोल्न दिनुपर्छ । निषेध गर्न हुँदैन । सिन्डिकेटको बाटोमा जान हुँदैन ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *