पुर्व राजाको क्यारिकेचर गरेको भन्दै धम्की

काठमाडौँ । कमेडियन प्रभात लामालाई पुर्व राजाको क्यारिकेचर गरेको भन्दै धम्की आएको छ ।

कमेडी नाइट विथ च्याम्पियन’ को पछिल्लो अंकमा लामाले पुर्व राजाको क्यारिकेचर गरेका थिए । लामाले पुर्व राजाको क्यारिकेचर गरेपछि आफुलाई रिसाएर म्यासेज गरिरहेको उल्लेख गरेका छन् । उनले गणतान्त्रीक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले राष्ट्रपति र प्रधनमन्त्रीको पनि गलत कार्यको व्यंग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु भन्दै पुर्व राजाको क्यारिकेचर गर्दा गलत के भयो ? भन्दै प्रश्न गरेका छन् । साथै उनले राजा नआउदै यस्तो रवाफ देखाएको भन्दै साच्चै राजा आएको दिन के गर्नु हुन्छ ? भन्ने प्रश्न समेत गरेका छन् ।

उनले मनोरञ्जनका लागि गरिएको कार्यक्रमलाई त्यही शैलीमा लिन दर्शकलाई आग्रहसमेत गरेका छन्। ‘यो कार्यक्रम राजनीतिक अभिष्ट पूरा गर्न, कसैलाई सकाउन बनाएकाे होइन। त्यसैले मलाई कुनै पनि शैलीको धाक र धम्कीको भाषा प्रयोग नगरी दिनुहोला। हास्यव्यंग्य कलाकारले कसैको क्यारिकेचर गर्दैमा उहाँको मान मर्दन गरिने भन्ने होइन। बरु त्यो पात्रमार्फत धेरै कुरा र विचार ठट्याैली शैलीमा धेरै कुरा व्यक्त गर्न खोजिएको हुन्छ।’ जनजाति भएर राजाको क्यारिकेचर गरेको भन्नेलाई उनले कलाकारिता गरेर देखाउन चुनाैतीसमेत दिएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *