विद्यालय शिक्षा विधेयक संविधानको मर्म र भावना विपरीत जान मिल्दैन् विद्या भट्टराई
काठमाडौँ । नेकपा (एमाले) की सांसद एवं पूर्व शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संविधानको मर्म र भावना विपरीत जान नसक्ने बताएकी छन् ।
शिक्षा समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयको व्यवस्थापनका विषयमा धारणा राख्दै उनले विधेयकले शिक्षामा वर्ग निर्माण गर्ने हालको अभ्यासलाई अन्त्य गर्दै सबै विद्यार्थीलाई समान हैसियत प्रदान गर्नुपर्नेमा जोड दिइन् । संविधानले प्रत्याभूत गरेको निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्थालाई कार्यान्वयन गर्नु नै विधेयकको मुख्य ध्येय हुनुपर्ने उनले बताइन् । उनले शिक्षा व्यापार वा वस्तु नभई सेवा भएको बताउँदै हालको शिक्षा प्रणालीले गरिरहेको “वर्ग निर्माण“ लाई विधेयकले अन्त्य गर्नुपर्ने बताइन् ‘हाम्रो संविधानले आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको स्पष्ट व्यवस्था गरेको छ,उनले भनिन्,। ’हामीले बनाउने कानुन यही मर्म र भावनालाई कार्यान्वयन गर्नका लागि हो, यसको विपरीत जान मिल्दैन ।
निजी विद्यालयको सम्पत्ति र व्यवस्थापनको विषयमा उनले त्यसलाई संविधानले व्यवस्था गरेको सम्पत्तिको हकअन्तर्गत छलफल गर्न सकिने तर शिक्षालाई सेवामूलक बनाउने विषयमा कुनै सम्झौता गर्न नहुने बताइन् ।