नेपालले अस्ट्रेलियामा टी-२० सिरिज खेल्न
काठमाडौं । नेपाली क्रिकेट टोलीले टी-२० विश्वकप छनोटको तयारीस्वरूप अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार, नेपाली राष्ट्रिय टोलीले अस्ट्रेलियाको डार्बिनमा १४ देखि २४ अगस्टसम्म आयोजना हुने टप इण्ड टी-२० सिरिजमा भाग लिनेछ । टोलीले डिएक्ससी एरिना, टिआईओ स्टेडियम र क्याजलीज एरेनामा कम्तीमा ६ खेल खेल्नेछ । यो सिरिजले टी-२० विश्वकप छनोटमा नेपालको प्रदर्शनलाई बलियो बनाउने क्यानको विश्वास छ ।
सिरिजका लागि टोलीको अन्तिम नामावली अर्को साता घोषणा हुनेछ ।