पूर्वराजा शाहको ७९ औं जन्मदिन निर्मल निवासमा विशेष समारोहका बिच मनाउने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ७९ औं जन्मदिन निर्मल निवासमा विशेष समारोह आयोजना गरेर मनाउने भएका छन् ।
असार २३ गते हुने समारोहमा शाहले शुभकामना तथा अभिवादन ग्रहण गर्ने तय भएको छ । शाहलाई शुभकामना दिन चाहनेहरुका लागि असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको उनका सम्वाद सचिव फणिराज पाठकले बताएका छन् ।
पाठकले जन्मोत्सवको यो समारोह ‘जनचाहना अनुसार’ आयोजना गरिएको जिकिर गरेका छन् ।
