रास्वपाद्वारा सभापतिको पक्षमा ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानका लागि ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन गरेको छ ।

आज (शुक्रबार) काठमाडौंको कलंकीमा पार्टीका नेताहरू उपस्थित भएर हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्कको शुभारम्भ गरेका हुन् ।रास्वपाले पार्टी सभापति लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसको विरुद्धमा जनताको हस्ताक्षर अभियान सुरु गरेको छ ।

आजबाट काठमाडौंका १४ ठाउँमा ऐक्यबद्धता डेस्क सञ्चालनमा ल्याइएको रास्वपाले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *