एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने

काठमाडौं । प्रतिनिधिसभाबाट ‘नेपाल नागरिकता (दोस्रो संशोधन विधेयक, २०८२’) पारित गरिएको छ । योसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ । विधेयकमाथिको छलफलमा सोधिएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकताका विषयमा संविधान, कानुन र सरकारको धारणा स्पष्ट रहेको बताए । नागरिकता पाउनुपर्ने नागरिक त्योविहीन हुन नहुनेमा जोड दिए । र, पाउन नपर्ने व्यक्तिले नागरिकता नपाऊन् भन्ने विषयमा सरकार गम्भीर रहेको उनले उल्लेख गरे । नेपाली नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् । र, पाउन नपर्ने मानिसले नागरिकता नपाओस् भन्ने कुरामा संविधान, कानुन र सरकार स्पष्ट छ । नागरिकता अत्यन्त संवेदनशील विषय हो ।

नेपालको नागरिकता पाउनुपर्ने मानिसले नगरिकता पाउनुपर्छ, पाउन नहुने मानिसले पाउनु हुन्न । यसका विषयमा दुविधा हुन सक्दैन । गैरआवासीय नेपाली नागरिकलाई पनि नागरिकता प्रदान गर्ने संविधानमा व्यवस्था गरिएको उनले बताए । त्यसनिम्ति छुट्टै कानुन निर्माणको तयारीमा सरकार जुटेको उनले जानकारी गराए । संविधानले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ । उनीहरूले प्राप्त गर्ने नागरिकता पनि आफैँमा नागरिकता हो,” उनले भने, हामीले अरू नागरिकताका बारेमा पनि केही सीमाहरू तोकेका छौँ । गैरआवासीय नागरिकता प्राप्त गर्ने मानिसले नेपालमा आर्थिक, सामाजिक र आर्थिक अधिकार प्रयोग गर्न पाउने भनेर व्यवस्था गरेको छ । नागरिकता विषयका विवाद र समस्या समाधान गर्न यो विधेयक संशोधन गरिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *