ग्लोबल आईएमई बैंकको धान दिवसमा ‘धान खेती कर्जा सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसका अवसरमा ‘धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२।८३ को बजेट वक्तव्यमा मुलुकलाई आगामी दुई वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत कृषकले धानको बीउ, रासायनिक तथा जैविक मल, कृषि उपकरण तथा अन्य आवश्यक कृषि सामग्री खरिद गर्न बैंकबाट २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । खेतियोग्य जमिन सदुपयोग गर्न धान खेती गरी कृषकको आम्दानी बढाएर कृषि पेसा मर्यादित र व्यावसायिक बनाइ कृषकलाई प्रोत्साहन गर्न यो कर्जा योजना सार्वजनिक गरिएको बैंकको भनाइ छ ।

साथै, राष्ट्रिय धान दिवसका अवसरमा बैंकले टोखा नगरपालिका–१ राधाकृष्ण मन्दिर नजिकै रहेको फाँटमा बैंकका कर्मचारी तथा स्थानीयको सहभागितामा धान रोपाइँ आयोजना गरेको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीसहित बैंकका कर्मचारी तथा स्थानीयको सहभागिता थियो । कार्यक्रममा बैंक सीईओ रेग्मीले नेपाल सरकारको रणनीति अनुसार धान उत्पादन वृद्धि गर्न, कृषि आधुनिकीकरण तथा व्यावसायीकरण गरी कृषकको मनोबल वृद्धि गर्न बैंकले यस प्रकारका कार्यक्रम आयोजना गर्ने गरेको उल्लेख गरे । साथै, बैंकले आजै सार्वजनिक गरेको धान खेती कर्जाले पनि कृषकलाई धान खेती गर्न प्रोत्साहित गर्ने र धान उत्पादन वृद्धिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *