प्रधानमन्त्री ओली स्पेनको म्याड्रिडमा

मेड्रिड (स्पेन)। संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको म्याड्रिडमा आइपुगेका छन् ।

प्रधानमन्त्री ओलीलाई म्याड्रिडको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार राति काठमाडौँबाट कतारको दोहा हुँदै म्याड्रिड आइपुगेको हो ।

उनीहरु आज साँझ सम्मेलनस्थल स्पेनको सेभिल्ला पुग्ने कार्यक्रम रहेको छ ।
 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *