नवलपरासीमा अतुल्य स्टिल उद्योग खुल्ने
काठमाडौं । नवलपरासीको दुम्किबासमा ३० करोड १६ लाख रुपैयाँ लगानीमा अतुल्य स्टिल उद्योग बन्ने भएको छ । जीआई तर र ग्याबियन बक्ससे उत्पादन गर्ने उद्देश्यसहित ३० करोड रुपैयाँ लगानीमा उद्योग निर्माण हुने भएको हो । कम्पनीले दैनिक एक सय मेट्रिक टन ग्याबियन बक्स र ६६ मेट्रिक टन जीआई तार उत्पादन गर्ने भएको छ । कम्पनीले दैनिक १ सय ६६ मेट्रिक टन उत्पादन क्षमतामा उद्योग विस्तार गर्ने भएको हो । कम्पनीले १९ करोड ६० लाख रुपैयाँ बैंकबाट कर्जा लिई लगानी गर्ने भएको छ भने १० करोड ६० लाख रुपैयाँ इक्वीटीमार्फत् लगानी भएको छ । हालसम्म उद्योग निर्माणका लागि जग्गा अधिग्रहण र निर्माण कार्य भइरहेको छ । कम्पनीले वायर रड भारतबाट आयात गर्ने भएको छ । अभय शर्मा अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ ।