निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो- प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् ।

योङ कम्युनिष्ट लिग, नेपाल (वाइसीएल) को केन्द्रीय पदाधिकारी बैठकलाई आज (मंगलबार) पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताए । उनले छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनु पर्ने बताएका छन् । ‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । आज तपाईंहरूले संघीय निजामति विधेयकमा पनि हेर्नु भएको छ, त्यसमा षड्यन्त्र भएको छ,’ उनले भने, ‘यो विधेयकमा कसले बदमासी गर्‍यो, त्यसको छानबिन गरी चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौं ।’

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लामो समय छलफल गरेर कर्मचारीलाई अवकाशको दुई वर्षसम्म कुलिङ पिरियड राख्ने व्यवस्थासहितको विधेयक प्रतिनिधि सभामा पेश गरेको थियो। पारित हुँदा ‘बाहेक’ भन्ने शब्द राखिएको पाइएपछि चौतर्फी आलोचना सुरू भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *