नेपालले भुटानलाई ३५९ रनको लक्ष्य दियो

काठमाडौँ । नेपालले भुटानलाई ३५९ रनको लक्ष्य दिएको छ ।

जारी एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउदै ३५८ रन बनाएको हो । नेपालका लागि रौनक श्रीवास्तवले १६८ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै जोय थापाले अविजित ६१ रन बनाए भने शिवांश बजगाईंले ५४ र सुगम बुढाथोकीले ३५ रन बनाएका थिए ।

त्यस्तै भुटानका बलर सांगे दोर्जीले ३ विकेट लिएका थिए । यस अघिनै सेमिफाइनलमा पुगेको नेपालले आजको खेल जितेमा अपराजित हुदैँ अर्काे चरणमा पुग्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *