अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस पहिलो राष्ट्र
काठमाडौँ । अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस पहिलो राष्ट्र बनेको छ । रुसले अफगानिस्तानको राजदूतलाई स्वीकार गर्दै तालिबान सरकारलाई मान्यता दिएको हो ।
ररुसको विदेश मन्त्रालयले भनेको छ, ‘हामी विश्वास गर्छौं, अफगानिस्तानको इस्लामिक इमिरेट्सको सरकारलाई आधिकारिक मान्यता दिने कार्यले हाम्रा देशहरूबीच विभिन्न क्षेत्रमा उत्पादक द्विपक्षीय सहयोगको विकासलाई प्रोत्साहन दिनेछ ।’ विदेश मन्त्रालयले अगाडि भनेको छ, ‘हामीले ऊर्जा, यातायात, कृषि र पूर्वाधारका क्षेत्रहरूमा परियोजनाहरूमा जोड दिँदै व्यापार र आर्थिक क्षेत्रमा सहयोगका लागि महत्त्वपूर्ण सम्भावनाहरू देखेका छौं । साथै, हामी क्षेत्रीय सुरक्षालाई सुदृढ पार्न र आतङ्कवाद र लागुपदार्थसम्बन्धी अपराधको खतरासँग लड्न काबुललाई सहयोग गर्न जारी राख्नेछौं ।’
रुसी मन्त्रालयको विज्ञप्तिमा रुसका लागि नयाँ अफगान राजदूत गुल हसन हसनको तस्बिर पनि समावेश थियो, जसले रुसी उप–विदेशमन्त्री एन्ड्रे रुडेन्कोलाई आफ्नो ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।