आमा भाग ५ ।
कोटी कोटी नमन गरी
गर्छु बन्दन
आमा सधैं पियारी
मेरो नमन ।१
हेरबिचार गर्नुपर्छ
दीर्घ जीवन
सधैं आमा पियारी
बुझौं यो ज्ञान ।२
कहिल्यै पनि मायाँमा
हुन्न आघात
जन्म दिने आमाको
माया प्रगाढ । ३
जन्म कर्म दिने तिमी
आमा दम्पति
लवाई र खुवाईमा
माया सम्पति ।४
धर्मकर्म बुझेपछि
मायाँ भिर्नु छ
दुधको भारा अब
संझि तिर्नु छ । ५
कर्म रुपि भावनामा
भाग्य चाहिन्छ
हृदयभाव सेवा
अनि पाईन्छ ।६
आमाकै काख पोल्टाको
झोलि भरेर
बढ्यौं हुर्क्यौं पढ्यौंनी
दुख गरेर ।७
स्वच्छ भाव कर्म लिनु
हाम्रो सामना
आमाको संझनामा
शुभकामना ।८
भोतिक शरीर छैन यहाँ
हाम्रा साथमा
स्वर्गै जिवन दुख
नहोस गाथमा ।९
रक्षा गर्यौ तिमिले
दुख गरेर
बृद्धावस्था साहारा
भावि सम्झेर ।१०
साँझबिहान हाँसि खेलि
बस्थ्यौ पिढीँमा
छोरा आयो होला भनि
हेर्थ्यौ छिडींँमा ।११
सधैभरी आशा राख्थिन
गरें वयान
मेलो मेसो थिएन
तिम्रो नयन ।१२
ऋणभार तिर्नलाई
सक्दिन आमा
गर्छु बिन्ती कामना
यहि भावना ।१३
सम्झि रोई भन्थ्यौ सधैं
मायाँ खस्केको
छोराछोरी सम्झेर
मुटु,चस्केको ।१४
दुखि जनलाई सधैं भरी
बाधा अड्चन
भन्थ्यौ आमा मलाई
होउँ सज्जन ।१५
आमाको सेवा गर्न
अघि सर्नु छ
मुख हेर्ने दिनको
भर पर्नुछ ।१६
मातातिर्थ ओैंसि दिनमा
आमा पुज्नुछ
ज्यूदैंमा सेवा गर्नु
मात्र बुझ्नुछ ।१७
ऋणभार बेहोर्न
कहाँ पाईन्छ
आमालाई माया गर्न
भाग्य चाहिन्छ ।१८