डियोगो जोटाको अन्त्येष्टि शनिबार हुने

काठमाडौँ । सडक दुर्घटनामा मृत्यु भएका पोर्चुगलका फुटबलर डियोगो जोटाको अन्त्येष्टि शनिबार हुने भएको छ ।

जोटा र उनका भाई आन्द्रे सिल्भाको अन्त्यष्टि शनिबार बिहान उनको गृहनगर केन्द्रीय पोर्टोको गोन्डोमारमा हुने बताइएको छ । जोटा र उनका भाइ आन्द्रेको विहिबार स्पेनी शहर जामोरामा कार दुर्घटनामा मृत्यु भएको थियो । कार दुर्घटना पछि आगो लागेपछि दुवैको मृत्यु भएको थियो । बीबीसीका अनुसार, जोटाले गरेको फोक्सोको शल्यक्रिया पछि उनलाई विमानमा यात्रा नगर्न चिकित्सकले दिएको सल्लाह अनुसार उनी स्पेनको सान्टान्डरबाट पानी जहाज मार्फत लिभरपुल फर्किने क्रममा थिए । जहाजसम्म पुग्ने क्रममा जोटाको कार दुर्घटनामा परेको बताइएको छ ।  

पोर्टोबाट पोर्चुगिज सिमानाको नजिक रहेको जामोरा ३०५ किलोमिटर टाढा छ र उत्तरी बन्दरगाह शहरबाट पनि उत्तिकै दूरीमा छ । उनी सोहि बाटो हुदै इङल्याण्डबाट पोर्टो फर्किएको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *