बेष्ट फाइनान्सको २८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गरेको कम्पनीले जनाएको छ ।

सभामार्फत प्रा.डा. रामजी गौतम, सुशीला खनाल, रामचन्द्र देवकोटा, खिमलाल पौड्याल, रामलाल श्रेष्ठ र विष्णु प्रसाद ज्ञवालीलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरिएको छ । कम्पनीले आफ्ना सम्पूर्ण सेयरधनी, ग्राहक, नियामक निकाय र सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र नवीनतम वित्तीय सेवामार्फत सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *