मन्त्रिपरिषद् पुनर्गठनमा तीव्रता, ठूलै फेरबदल हुने संकेत

काठमाडौं । कांग्रेस–एमाले गठबन्धन सरकारको मन्त्रिपरिषद् पुनर्गठनको तयारी निर्णायक मोडमा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण सकिएपछि सरकारमा ठूलै फेरबदल हुने संकेत देखिएको छ। प्रधानमन्त्री ओली आज स्पेनबाट दोहा हुँदै स्वदेश फर्कंदै छन् । शुक्रबार साँझसम्म काठमाडौं आइपुग्ने कार्यक्रमअनुसार ओली फर्किएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवासँग उच्चस्तरीय भेटवार्ता तय गर्ने तयारी भएको स्रोतले जनाएको छ । भेटपछि मन्त्रिपरिषद्को नयाँ स्वरूप टुंगो लाग्ने अपेक्षा गरिएको छ। स्रोतका अनुसार, सरकारमा रहेका थुप्रै मन्त्रीहरूको कार्यसम्पादनप्रति गठबन्धनभित्रै असन्तुष्टि बढ्दो छ ।

कांग्रेस तर्फका पर्यटनमन्त्री बद्री पाण्डे, कृषि मन्त्री रामनाथ अधिकारी, कानुन मन्त्री अजय चौरसिया र ऊर्जामन्त्री दीपक खड्कालाई परिवर्तन गर्ने तयारी कांग्रेसले अघि सारेको छ।

एमाले तर्फका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, भूमि मन्त्री बलराम अधिकारी, उद्योग मन्त्री दामोदर भण्डारी र शिक्षा मन्त्री रघुजी पन्तको कार्यशैलीले पनि प्रश्न उठाएको छ। एमालेभित्र ओली नयाँ अनुहार ल्याउने पक्षमा रहेको चर्चा तिव्र छ। त्यस्तै, जसपा र लोसपाबाट सरकारमा सहभागी भएका खानेपानी मन्त्री प्रदीप यादव, महिला मन्त्री नवलकिशोर साह सुडी र श्रममन्त्री शरतसिंह भण्डारीको प्रभावकारितामाथि समेत असन्तुष्टि देखिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *