आइएमई लाइफ इन्स्योरेन्सको पहिलो एभरेष्ट क्लब विजेता घिमिरे सम्मानित
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१।०८२ का लागि ल्याएको क्लब योजनामध्ये सर्वोच्च स्तरको एभरेष्ट क्लबमा पहिलो पटक पुग्न सफल भएकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का, उच्च व्यवस्थापन टोली, विभागीय प्रमुखहरू, कम्पनीका कर्मचारी तथा लक्ष्मी घिमिरेका परिवारजनको समेत उपस्थिति रहेको थियो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत खड्काले भने, ‘यो सम्मान केवल ‘एभरेष्ट क्लब मा प्रवेशको मात्र नभई, जीवन बीमा व्यवसायमा देखाएको निष्ठा, लक्ष्यप्रतिको प्रतिबद्धता र निरन्तर परिश्रमको सच्चा सम्मान हो । कम्पनीले आफ्ना उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्दै आएको र यसमार्फत सम्पूर्ण अभिकर्तालाई थप प्रेरणा र ऊर्जा प्रदान गर्ने उद्देश्य लिएको बताइएको छ । लक्ष्मी घिमिरेको यो उपलब्धिलाई कम्पनीले नयाँ प्रेरणाको स्रोतको रूपमा लिएको छ । परिवारको साथसाथै कम्पनीको समर्थनले बीमा व्यवसायमा महिलाको भूमिका थप सशक्त बनाउँदै लैजाने विश्वाससमेत व्यक्त गरिएको छ ।