ग्लोबल एक्सिलेन्सी अनरबाट कलाकार, पत्रकार एवम् व्युटिसियन सम्मानित

बैंकक, थाइल्यान्ड । ‘दोस्रो ग्लोबल एक्सिलेन्सी अनर, आर्ट म्युजिक एन्ड बिजनेस कन्फ्रेन्स–२०२५’ थाइल्यान्डको राजधानी बैंककमा हिजो सम्पन्न भएको छ । नेपाली कलाकार, व्युटिसियन तथा पत्रकारहरू र थाइल्यान्डका कलाकार एवम् संस्कृतिविद् बिच भएको सो कन्फ्रेन्समा थाइल्यान्डमा नेपाली गीत संगीत, भाषा संस्कृतिको जगेर्नासँगै त्यहाँ रहेका नेपाली भाषी र नेपालका नेपालीबिचको सम्बन्ध जोड्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा सो कन्फ्रेन्सको संयोजक गायिका एवम् सञ्चारकर्मी सरिता भारतीले सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् । प्रवासमा रहेका नेपालीहरूलाई जोड्न आफूहरूले यस अघि मलेसियामा र यस पटक थाइल्यान्डमा कन्फ्रेन्स आयोजना गरेको बताइन् । विलक्षण क्रियसन प्रा.लि. द्धारा आयोजित सो कन्फ्रेन्समा एनआरएन थाइल्यान्ड र थाई नेपाली संघकी संस्थापक, संरक्षक एवम् वरिष्ठ प्राध्यापक एवम् संस्कृतिविद् भारती लिम्बुनीले म्यान्मार र थाइल्यान्डमा रहेका नेपाली भाषीहरूको अवस्था र उनीहरूको आफ्नो भाषा संस्कृति प्रतिको लगावबारे आफ्नो धारणा राखिन् । प्रवासमा रहेका आफुहरु जस्ता नेपाली भाषीलाई खोज्दै आयोजना गरिएको यो कन्फ्रेन्सले नेपाली र प्रवासीलाई जोड्ने काम गरेको भन्दै उनले कार्यक्रमको प्रशंसा गरिन् । चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष विजय आवाज सुवेदीले चलचित्र पत्रकारहरूले नेपाली कला संस्कृतिको प्रवर्धनमा पु¥याएको योगदानको चर्चा गरे । कार्यक्रमलाई सहजीकरण गर्दै विजयले युएई र जापानमा आफ्नो शाखा बिस्तार गरेको चलचित्र पत्रकार संघले थाइल्यान्ड, मलेसिया लगायत अन्य देशमा पनि शाखा विस्तार गर्ने भनाई राखे । चलचित्र पत्रकार संघ नेपालका सचिब नविन गिरीले पनि प्रवासी नेपालीहरूको विभिन्न समस्यालाई आफूले मिडियाबाट साथ दिने प्रतिबद्धता जनाए । यस्तै नेपालबाट अभिनेता एवम् मोडल श्रीदेव भट्टराईले थाइल्यान्डमा नेपाली चलचित्र एवम् म्युजिक भिडियो छायांकनको लागि सहजताको बारेमा आफ्नो भनाई राखेका थिए । थाइल्यान्डमा रहेका कलाकारहरूसँग आफूले गीत संगीत एवम् म्युजिक भिडियोमा सहकार्य गर्ने चाहना व्यक्त गरे । मेरो युनिभर्स डान्सकी विजेता एवम् मोडल खुसी कार्कीले थाइल्यान्डमा रहेका नेपाली भाषी कलाकारहरूको अवस्था बारेमा सो कन्फ्रेन्समा जानकारी गराइन् । नेपालमा आएर विभिन्न म्युजिक भिडियोमा मोडलिङ देखि मादी हिमाल यात्राको अनुभव पनि उनले सुनाइन् । यस्तै एभरेस्ट किचन थाइल्यान्डका म्यानेजर श्याम राईले त्यहाँ आफूहरूले नेपाली मौलिक खानालाई खाना संस्कृतिलाई नेपालीसँगै अन्य देशका नागरिकबिच पनि पस्किँदै आएको अनुभव सुनाए ।

समारोहमा सबैलाई धन्यवाद ज्ञापन गर्दै पत्रकार एवम् गीतकार डब्बु क्षत्रीले म्यानमारका रहेका नेपाली भाषी युवा युवतीहरू देश छाडेर आप्रवासमा जबरजस्ती निक्लनु परेको समस्याबारे आफू गम्भीर भएको बताए । एनआरएन तथा थाई नेपाली संघका पदाधिकारीहरूले थाइल्यान्डमा नेपाली भाषा संस्कृतिको प्रवर्धनमा पु¥याएको योगदानको क्षत्रीले प्रशंसा गरे । सो कफ्रेन्समा विभिन्न कलाकार, पत्रकार, ब्युटिसियन एवम् संस्कृतिविद्लाई ‘ग्लोबल एक्सिलेन्सी अनर–२०२५’बाट सम्मानित गरियो । यो सम्मान थाइल्यान्डबाट प्रा. भारती लिम्बुनी र थाई नेपाली संघका पूर्व अध्यक्ष कुमार कार्कीलाई प्रदान गरिएको थियो । यस्तै आ आफ्नो क्षेत्रमा योगदान पु¥याएबापत नेपालबाट यो सम्मान अभिनेता श्रीदेव भट्टराई, पत्रकार विजय आवाज सुवेदी, पत्रकार नविन गिरी र गायक हेमन्त शिशिरलाई प्रदान गरियो । यसै गरी ब्युटिसियनहरु चेली मेकअप स्टुडियोकी अध्यक्ष विना राना मगर, सोही स्टुडियोकी व्युटिसियन अमला शाही (अमिसा), एन्जल ब्युटी पार्लर बरहथवाकी सञ्चालक राजेश्वरी शिल्पकार, सुजिता व्युटिपर्लर धादिङकी सञ्चालक एवम् ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५ की फस्ट रनर अप सुजिता अधिकारी र स्पार्क ब्युटी पार्लरकी अध्यक्ष निरन तामाङलाई पनि सम्मानित गरियो । कार्यक्रममा कलाकार तथा मोडल खुसी कार्कीलाई भने कदर पत्र प्रदान गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *