‘मेरी बास्सैकी अप्सरा आमाको निधन
काठमाडौं । नेपाली हाँस्यव्यङ्ग्य सिरियल मेरी बास्सैकी कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को निधन भएको छ । श्रेष्ठको शुक्रबार राति निधन भएको केही सिरियलमा सहकार्य गरेकी कलाकार सुशीला निरौला (विमली)ले जानकारी दिइन् ।
श्रेष्ठ ‘मेरी बास्सै मा ‘अप्सरा आमा पात्रको भूमिकामा थिइन् । उनको यो भूमिका धेरै रुचाइएको थियो । श्रेष्ठ लामो समयदेखि स्तन क्यान्सर पीडित थिइन् । उनकै आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।