सहकारी ठिक रहेको र सहकारी नै राष्ट्रको मेरुदण्ड हो : मन्त्री अधिकारी

काठमाडौं । ललितपुरमा १०३ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीले तोडेको स्वनियमनको पद्धतिलाई ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण र सन्तुलन कायम गर्नुपर्ने बताएका छन् । मन्त्री अधिकारीले कमजोरीहरू सबै ठाउँबाट भएको बताउँदै अब विगतमा भएका कमजोरीलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताएका हुन् । उनले सहकारी नियमन गर्नको निम्ति सहकारी नियमन प्राधिकरण बनाउनुपर्यो भनेर माग आए बमोजिम नै प्राधिकरण बनाइएको बताए ।

नियमन प्राधिकरण बनेसँगै काम नै सुरुवात नभई नियन्त्रण खबरदार भन्ने गरिएको उनको भनाई थियो। मन्त्री अधिकारीले भने, ‘कमजोरी सबै ठाउँबाट भएको छ । अब त्यो कमजोरीलाई सच्याएर अघि जान जरुरी छ । यहाँहरूकै माग हो की यो सहकारी नियमन गर्नको निम्ति सहकारी नियमन प्राधिकरण बनाउनुपर्यो भनेर यहाँहरूले नै आवाज उठाउनुभएको होइन ? यहाँहरूले आन्दोलन गर्नुभएको होइन, यहाँहरूले माग राख्नुभएको होइन ? अहिले त्यही नियमन प्राधिकरण बनेको छ । उसले कसरी काम गर्छ, कस्तो विधि बनाउँछ, भन्ने कुरा सुरुवात नहुँदै नियन्त्रण खबरदार भन्न थालिएको छ । मन्त्री अधिकारीले सहकारी ठिक रहेको र सहकारी नै राष्ट्रको मेरुदण्ड भएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *