हाम्रो देशमा बहुदलीय व्यवस्थामा कम्पिटिसन हुने कुरा स्वाभाविक हो : सभापति देउवा

काठमाडौं । स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बनाउन कुनै न कुनै राजनीतिक दलसँग मिल्नैपर्ने बाध्यता रहेको बताएका छन् । हालको निर्वाचन प्रणालीअनुसार कसैको पनि बहुमत आउन गाह्रो रहेको उनले उल्लेख गरे । उनले बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा स्वाभाविक भएको बताए । सबै मिलेर सरकार बनाउनु पनि राम्रो भएको उनले टिप्पणी गरे । प्रतिस्पर्धाका कारण राजनीतिमा उत्तारचढाव आउनु स्वाभाविक भएको उनले तर्क गरे । समूहीकृत रूपमा काम गर्नुपर्ने आवश्यकता उनले औँल्याए । हाम्रो देशमा यो बहुदलीय व्यवस्थामा कम्पिटिसन हुने कुरा स्वाभाविक हो । अरू उत्तारचढाव हुने स्वाभाविक हो ।

तैपनि, अहिले हामीले हेरिरहेका छौँ, हाम्रो देश अघि बढेको छ । अहिलेको राजनीतिक प्रणाली मात्रै होइन, समावेशी राजनीति छ । महिला, दलित, जनजाति सबैको प्रतिनिधित्व भएको व्यवस्था छ । त्यस मानेमा यो समावेशी संविधान बनाएका छौँ । समावेशी व्यवस्था छ । तर, एउटा समस्या पनि छ । यसमा कसैको पनि बहुमत आउन सक्दैन । कुनै पार्टीको पनि बहुमत आउन सक्दैन । कुनै पार्टीको पनि बहुमत आउन गाह्रो छ । बहुमत ल्याउनैपर्छ सरकार बनाउन त । त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने बाध्यता र आवश्यकता छ । नमिले हुँदै हुँदैन, बाध्यतै हो यो । राम्रो कुरा पनि हो यो । कम से कम सबै मिलेर काम गर्नु राम्रो पनि छ । मन परेको होस्, मन नपरेको होस् त्यस्तै छ । के गर्नुहुन्छ, काम गर्नुपर्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *