खेतीको सिजनमा मल अभाव छैन : कृषिमन्त्री अधिकारी

काठमाडौं। कृषिमन्त्री रामनाथ अधिकारीले खेतीको सिजनमा प्रर्याप्त मल नभए पनि मलको अभाव भने नरहेको बताएका छन्।

आइतबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले किसानले मल नै पाइएन भन्ने परिस्थिति नरहेको बताएका हुन्। उनले भने, ‘म सत्यताका साथ भन्छु यो सिजन खेतीको हो, खेतीको मौसममा सम्भव भएसम्म मल पुर्याउनका लागि राम्रो प्रयत्न गरेका छौं। वास्तवमा भन्दा अहिले किसानलाई मल दिन सकिएन भने किसानलाई अत्यन्तै अप्ठेरो पर्छ। हामीसँग मलको अभाव नै त छैन। मल छ प्रर्याप्त नहुन सक्छ। किसानले मल नै पाइएन भन्ने परिस्थिती छैन।’

उनले नागरिकलाई भ्रममा पार्नु नहुने भन्दै मन्त्री र मन्त्रालयको तहबाट गर्नुपर्ने काम नरोकिएको पनि बताए।‘हाम्रो तर्फबाट गरिनुपर्ने काममा कहिबाट रोकिएको छैन। मन्त्री र मन्त्रालयको तहबाट काम गर्न रोकिएको छैन। कुपनको आधारमा पालिकाले प्रदेशको कृषि मन्त्रालय र पालिकाबाट वडा तहले दिइएको सिफारिस भन्दा बाहिर अन्यत्र जान हुँदैन भनेर खवरदारी गरेका छौं। कहीलेकाहिँ पक्षपात भयो भन्ने कुरा आउँछ त्यसमा पनि ध्यान दिनुपर्छ,’ उनले भने।

यसैगरी बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खाँनले नेपाल सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई ३० प्रतिशत र कृषि सामाग्री कम्पनी लिमिटेडलाई ७० प्रतिशत अनुदान उपलब्ध गराइरहेको जानकारी दिए। उनले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामाग्री कम्पनी लिमिटेडको क्षमता र बिक्री वितरणको अवस्था मध्यनजर गरी रसायनिक मलको कोटाको प्रतिशत निर्धारण गर्न नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई निर्देशनसमेत दिने बताए।

समितिको आजको बैठकमा नेपाल सरकारद्वारा किसानहरूलाई अनुदान उपलब्ध गराउने रासायनिक मलको आयात तथा बिक्री वितरणका लागि निर्धारण भएको कोटाका सम्बन्धमा छलफल गरिएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *