प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठले आइतबार सभामुखलाई भेटेर विश्वासको मत फिर्ता लिएको पत्र बुझाएको जानकारी दिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने समय लिएको र आजै साँझ भेट्ने श्रेष्ठले जानकारी दिइन् । प्रधानमन्त्री ओली हाल पुल उद्‍घाटनका लागि हुम्ला गएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरी सरकारबाट फिर्ता भइसकेका छन् । त्यस्तै सुदूरपश्चिम सरकारबाट पनि नागरिक उन्मुक्ति बाहिरिसकेको छ । संघमा एक राज्यमन्त्री लिएर सहभागी भएको उन्मुक्ति पार्टी सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश सरकार सामेल थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *