सहकारी महासंघद्वारा उत्कृष्ट सहकारी संस्था र व्यक्तिहरु सम्मानित

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि सहकारी मन्त्री बलराम अधिकारी र महासंघकी अध्यक्ष ओमदेवी मल्लले सयुक्त रुपमा पुरस्कार तथा सम्मान प्रदान गरेका थिए । यस वर्षको राष्ट्रिय सहकारी पुरस्कार भुवनेश्वरी दुग्ध उत्पादन सहकारी संस्था लि., बरहथवा–१५, सर्लाहीका अध्यक्ष गोविन्द्रप्रसाद उप्रेतीलाई प्रदान गरिएको छ । उनलाई मन्त्री बलराम अधिकारी र महासंघकी अध्यक्ष ओमदेवी मल्लले नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

सहकारी पत्रकारिता पुरस्कार नेपालपत्र न्युजका सम्पादक माधव खड्कालाई प्रदान गरियो भने उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार जिल्ला सहकारी संघ, रुपन्देहीका व्यवस्थापक लक्ष्मी ज्ञवालीलाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । केन्द्रीय सहकारी संघतर्फबाट नेपाल कृषि सहकारी केन्द्रीय संघ पुरस्कृत भयो। जिल्ला तहमा भने दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघले उत्कृष्ट सहकारी पुरस्कार २०८१ प्राप्त गरिएको छ । सातै प्रदेशका प्रारम्भिक सहकारी संस्था पनि पुरस्कृत भएका छन् । कोशी प्रदेशबाट मेची कृषक बहुमुखी सहकारी संस्था, मधेश प्रदेशबाट महिला साना किसान कृषि सहकारी संस्था लि। धनुषा,बागमती प्रदेशबाट सामुदायिक बचत तथा ऋण सहकारी संस्था, पनौती, काभ्रे र गण्डकी प्रदेशबाट ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था, स्याङ्जा पुरस्कृत भएका छन् । त्यसैगरी लुम्बिनी प्रदेशबाट इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था रुपन्देही, कर्णाली प्रदेशबाट चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था, जुम्ला र सुदूरपश्चिम प्रदेशबाट जीवनज्याति बचत तथा ऋण सहकारी संस्था, बैतडी पुरस्कृत भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *