हिमालयन बैंकलाई १५७ रुपैयाँमा एफपीओ निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकलाई प्रतिकित्ता १५७ रुपैयाँमा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्न आइतबार अनुमति दिएको हो । हाल बैंकको बजार मूल्य प्रतिकित्ता २२३ रुपैयाँ छ ।

बैंकको २१ करोड ६५ लाख ६६ हजार १५८ कित्ता सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत छ । एफपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड छ । अब क्यापिटलले विवरणपत्र सार्वजनिक गरेर एफपीओ निष्कासन मिति घोषणा गर्नेछ । एफपीओमा सबैले आवेदन दिन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *