कांग्रेसले विपी कोइरालाको विचार नै बेचिसक्यो- ज्ञानबहादुर शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको विचार नै बेचिसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले संसद्मा एक जनाले बोले मात्र पनि उसको विचार सुन्नुपर्छ भन्ने विपीको विचार कांग्रेसले बेचिसकेको भान भएको बताए । भिजिट भिसा दुरुपयोग प्रकरणबारे उच्चस्तरीय छानबिनको माग गर्दै आफूहरूले लामो समयदेखि आन्दोलन गरिरहे पनि सरकारले सुन्न नचाहेको उनको भनाइ रहेको छ ।

उनले आफूहरूले सरकार विरोधी होइन, मानव बेचबिखनविरुद्धको आन्दोलन गरिरहेको बताउँदै आफ्ना मागहरू सुनुवाइ गर्न सरकारको ध्यानाकर्षण गराए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *