परराष्ट्रमन्त्री डा. राणा र जर्मनीका विदेशमन्त्री वाडेफुलबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच भेटवार्ता भएको छ ।
जर्मनी भ्रमणमा रहेकी राणाले भेटमा नेपाल-जर्मनी सम्बन्धको विविध पक्षहरूको समीक्षा गरेको जानकारी दिएकी छन् । उनले भनेकी छन्- ‘मैले नेपालको लागि जर्मनीको निरन्तर आर्थिक सहयोगको लागि विदेशमन्त्री वाडेफुललाई धन्यवाद दिएँ, साथै निजी क्षेत्रको सहकार्य बढाउने प्रस्ताव पनि राखेकी छु । विदेशमन्त्री वाडेफुल र मैले पर्यटन, श्रम र शिक्षामा हाम्रो बलियो जनता-जनताबीचको सम्बन्धको बारेमा पनि छलफल गर्यौं ।’
भेटवार्तामा मन्त्री डा. राणाले दुई देशबीच प्रत्यक्ष उडान पुन: सुरु गर्न अनुरोध गरेको उल्लेख गरेकी छन् । मन्त्री राणाले यस भेटबाट दुई देशको सम्बन्धलाई अझ प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिएको बताएकी छन् ।