प्रधानमन्त्रीको स्पेन भ्रमणबारे भ्रमपूर्ण कुरा गरिएको भन्दै संसद्को रेकर्डबाट हटाउन सभामुखसँग आग्रह

काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर संसद्मा भ्रमपूर्ण कुरा गरिएको भन्दै संसद्को रेकर्डबाट हटाउन सभामुखसँग आग्रह गरेका छन्।

आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा प्रमुख सचेतक बर्तौलाले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँग गएका मानिसहरू उतै बसेको भन्दै सांसदहरूले अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका हुन् । संसद्को बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिसहरू नफर्किएको समाचारहरूमा आइरहेको भन्दै सदनमा ध्यानाकर्षण गराएकी थिइन्।

सोही कुरालाई लिएर मुख्य सचेतक बर्तौलाले भ्रामक, तथ्यहीन र आपत्तिजनक विषयहरू संसद्मा राख्न नहुने र प्रमाणित गरेर देखाउन चुनौती दिदै उनले उक्त कुरा संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *