राजेन्द्र बस्नेतको निर्देशनमा ‘शनिबार’ को म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा नयाँ गीत ‘शनिबार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
हिजो (सोमबार) सार्वजनिक गीतले प्रेम, समर्पण र भावनात्मक सम्बन्धको कथालाई संगीतमार्फत् प्रस्तुत गर्ने प्रयास गरेको छ । कृपा पौडेल र करण परियारको आवाज रहेको यस गीतको शब्द र सङ्गीत अग्नि पराजुलीको हो । त्यसैगरी सङ्गीत संयोजन किरण कँडेलको रहेको छ ।
निर्देशक बस्नेतको निर्देशनमा तयार भएको भिडियोको कुरा गर्दा यस गीत ‘शनिबार’ को भिडियोमा गायक करण परियार र गायिका कृपा पौडेललाई नै प्रस्तुत गरिएको छ । उनीहरूले अभिनयमार्फत गीतको भावनालाई सशक्त रूपमा अभिव्यक्त गरेका छन् । गीतको भिडियोमा जीवन कुमार ज्ञवालीको कोरियोग्राफी रहेको छ ।
त्यस्तै, छायाङ्कन रामेश्वर हुमागाईँले गरेको भिडियोलाई सम्पादन अनन्त घिमिरेले गरेका हुन् । जसले दृश्यहरूलाई आकर्षक र सशक्त रूपमा जोड्न सफल भएका छन् । हिजो सार्वजनिक भएको यस गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ । यस म्युजिक भिडियोले नेपाली संगीतप्रेमी दर्शकमाझ एउटा नयाँ स्वाद प्रस्तुत गर्ने विश्वास निर्माण टोलिको रहेको छ ।
शनिबार म्युजिक भिडियो