त्रिवि क्रिकेट मैदानमा आइपुग्यो फ्लडलाइटको टावर

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति कार्य तीव्र गतिमा भइरहेको छ ।

आज बुधवार आवश्यक फ्लडलाइटका तीनवटा टावर काठमाडौं आइपुगेका छन् । भारतबाट ल्याइएका यी फ्लडलाइट टावरहरूको पहिलो लटमा तीनवटा र दोस्रो लटमा थप तीनवटा गरी कुल छवटा टावर मैदानमा जडान गरिनेछ ।

टावरमा प्रयोग हुने लाइटहरू भने युरोपेली देशबाट आयात गरिनेछ, जुन आइपुग्न करिब ३ देखि ४ हप्ता लाग्ने अनुमान छ । हाल फ्लडलाइट टावरका लागि आवश्यक बेस (जग) निर्माण कार्य सम्पन्न भइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *