प्रभु इन्स्योरेन्सको साधारणसभा साउन २३ मा
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले साउन २३ गतेलाई वार्षिक साधारणसभा बोलाएको छ । असार २४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साउन २३ गते वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । कम्पनीले वार्षिक साधारणसभा हाल कायम १ अर्ब ४४ करोड रुपैयाँ चुक्ता पुँजीको ०.९४ प्रतिशत नगद लाभांश र १८ प्रतिशत बोनस सेयर प्रस्ताव गर्ने निर्णयसमेत गरेको छ । त्यसपछि, प्रस्तावित १८ प्रतिशत बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्त पुँजीको ४७ प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने कम्पनीले पनि कम्पनीले जनाएको छ । बैठकले साउन २ गते (एक दिन) कम्पनीको सेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णयसमेत गरेको छ । यसअनुसार साउन १ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित बोनस सेयर पाउन सक्नेछन् ।