संसदको बैठकबाट भूमि विधेयकलाई हटाइयो
काठमाडौं । प्रतिनिधिसभाको कार्यसूचीमा रहेको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई आजको कार्यसुचीबाट हटाइएको छ ।
सत्ता साझेदार दल नेपाली कांग्रेसले विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै पारित गर्न नहुने अडान राखेपछि आजको कार्यसुचीबाट हटाइएको हो । विधेयकलाई संसदीय समितिमा लगेर छलफल गर्नुपर्ने कांग्रेस सांसदहरूको माग रहेको छ ।
यस अघि आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ लाई दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची राखिएको थियो ।