दुर्गेश, सिसन र गुराँसको ‘जाने भए जाम माया’ (भिडियो)
काठमाडौं । दुर्गेश थापा, सिसन बानियाँ र गुराँस नानीसँगको पहिलो सहकार्यमा तयार पारेको गीत ‘जाने भए जाम माया’ युट्युबमा सार्वजनिक गरेका छन् ।
पछिल्ला समयमा सामाजिक सञ्जालमा चर्चामा रहेकी गुराँस नानीलाई फिचर्ड गर्दै तयार पारिएको यो गीत डान्सिङ ट्रयाक शैलीमा तयार पारिएको गीत हो । दुर्गेशले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको यो गीत युट्युबमा सार्वजनिक भएको केही समयदेखि नै युट्युबको ट्रेनिङमा रहेको छ । हाल युट्युबको ट्रेनिङको दोस्रो स्थानमा रहेको छ । पहिलोमा भने सज्जन राज वद्यैको भर्खरै सार्वजनिक गीत ‘बेहुली’ रहेको छ ।
यो गीतको शब्द, सङ्गीत र सङ्गीत संयोजन दुर्गेश स्वयंको हो । स्वरमा पनि दुर्गेश र सिसनले सहकार्य गरेका छन् । साथमा अल्हाजी गेरोले समेत यसमा स्वर दिएका छन् । भिडियोमा दुर्गेश, सिसन र गुराँस नानीसँगै अन्य कलाकारहरू पनि देखिएका छन् ।
‘जाने भए जाम माया’