आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक आज साँझ ६ बजेपछि बस्ने छ भने सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

यसैबिच बैठक नियमित भए पनि प्रधानमन्त्री ओलीले विवादमा तानिएका मन्त्रीबारे आन्तरिक छलफल गर्ने अनुमान गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *